काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सव


गरीबी निवारण कोष, नेपालले यही पुस २८, २९ र ३० गते काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सवको आयोजना गर्दैछ ।

यो तीन दिने महोत्सवको मुख्य आकर्षण ‘नेपाल–को’ ब्रँन्ड हुनेछ । नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल–को’ ब्रँन्ड–दिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागिएको हो ।

काठमाडौं, दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिनेछन् ।

कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरुका लागि बजार निर्माण परियोजना’ अन्तर्गत संगठित हु“दै विभिन्न सीप सिक्ने र आप्mनो उत्पादनको बजारलाई विस्तार गर्ने अवसर पाएका नेपाली कालीगढहरूको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो ।

द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्नेछ ।

कोषका कार्यकारी निर्देशक नहकुल केसीले भने्, “हस्तकला बजारमा ग्रामीण, विपन्न, भूमिहीन र द्व्रन्द्व–प्रभावित समुदायका कालीगढहरुको उत्पादनको हिस्सा बढाउनु हाम्रो उद्देश्य हो ।”

“हाम्रो परियोजनाबाट महिला, अपाङ्गता भएका र द्वन्द्व एवं सामाजिक विग्रहको चपेटामा परेकालगायतका विभिन्न कालीगढहरू लाभान्वित भएका छन्,” उनले थपे।

जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खा जिल्लामा सञ्चालित यो परियोजनामा समेटिएका कालीगढहरुले आप्mनो आय बढाउने र जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर पाएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.