यस्तो छ कालिमाटीमा तरकारीको भाउ

यस्तो छ कालिमाटीमा तरकारीको भाउ


कालिमाटी फलफूल तथा तरकारी बजारमा केही दिनयता उच्च रहेको प्याजको मूल्य शनिबार घटेको छ।

दुई दिनअघिसम्म खुद्रा मूल्य प्रतिकेजी १३० रुपैयाँसम्म रहेकोमा शनिबार घटेर अधिकतम ११० सम्म झरेको छ। सरकारले प्याजको मूल्य उच्च भएकोमा होलसेल व्यापारीको अनुगमन थालेपछि मूल्य घटेको हो।

यसअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीवार प्याज भण्डारणस्थलको अनुगमन गरेको थियो।

त्यस्तै आलु, काउली, बन्दा, भन्टा, सागजस्ता तरकारीको मूल्य पनि घटेको छ। गोलभेँडाको मूल्य पनि घटबढ भएको छैन। सानो गोलभेँडा प्रतिकेजी खुद्रा मूल्य अधिकतम ११० रुपैयाँसम्म छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबारको खुद्रा मूल्य यस्तो छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.