सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस’ योजनाको विजेता घोषित


सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पाचौं हप्ताको बिजेताहरु घोषणा गरेको छ ।

कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा यम बहादुर दमाई, नन्दा कुमारी गुरुङ्, कल्पना मोक्तान, रमिना खातुन्, सुशिला ढुङ्गाना, बिष्णु मोक्तान, र ममता पुन मगर छनोट भएका छन् ।

त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा बिष्णु कुमार मगर र रेफ्रीजेरेटर विजेताका रुपमा देवीसरा रेग्मी छनोट भएकी छिन्।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् ।

त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.