सानिमाको शाखा गौशालामा


सानिमा बैंक लिमिटेडले काठमाडौंको गौशालामा ४७ आैं शाखा कार्यालय स्थापना गरेको छ। शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरिएकको हो ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठलेसमस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

त्यसै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सानिमा बैंकको उक्तशाखा समेतगरी मेची देखि महाकालीसम्म ४७ वटाशाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.