मलेसियाको सबैभन्दा धेरै संजाल भएको कम्पनी मर्चेन्ट्रेड एसिया एसडिएनबिएच डि र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरवीच संझौता भएको छ।
संझौतापछि उनीहरुले रेमिटेन्स सेवा पनि सुरु गरेका छन्। मलेसियामा रहेका नेपालीहरुले कुनै पनि मर्चेन्ट्रेडको सय भन्दा बढी तथा ४सय २५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् ।
त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ । सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले र मर्चेन्ट्रेडका तर्फबाट चिफ मनी सर्भिस विजनेस अफिसर सरभेसवारन राजा गोपालले हस्ताक्षर गरेका छन् ।
संझौतापछि राजा गोपालले सिटी र मर्चेन्ट्रेडको संझौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताए । साथै आउने दिनमा यो सम्बन्ध अझ प्रगाढ हुदैँ जाने उनले बताए।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदैँ बिगत ११ वर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।