एनआइसी एसिया बैंकको शेयर धितो कर्जा पुनः शुरु


ग्राहकहरुले अत्याधिक रुचाएको कर्जा योजना ‘शेयर धितो कर्जा’  एनआइसी एसिया बैंकले पुनः शुरु गरेको छ।

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ ।

यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाख देखि अधिकतम रु १० करोड सम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराईने बैंकका मेनेजर कर्पोरेट कम्युनिकेशन एण्ड ब्राण्डीङ्ग सरोज भट्टराईले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.