नेसनल लाइफ इन्स्योरेन्सको बाढी पिडितलाई राहत


नेसनल लाइफ इन्स्योरेन्सले बाढी पीडितका लागि राहत वितरण गरेको छ। रौतहट जिल्लाका डुवान क्षेत्रमा पुगी कम्पनीले तीन सय जनालाई चामल, दाल, आलु, नुन, गेडागुडी, चिउरा आदी वितरण गरेको छ।

कम्पनीको गौर शाखा मार्फत उक्त राहत सामाग्री पीडितहरुको घर आँगनमै पुगी वितरण गरिएको थियो। कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको हो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.