सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’


आइपिओ तथा एफपिओमा आवेदन गर्नेहरुका लागि लागि सिद्धार्थ बैंकले ‘मेरो सेयर खाता’ सञ्चालनमा ल्याएको छ। यो खाताबाट सरल र सुरक्षित तरिकाले आस्बा प्रणालीमार्फत सेयरमा लगानी गर्न सकिने छ।

यो खातामा निःशुल्क अनलाइन आस्बा एप्लिकेसन, सिडिएसको अनलाइन एप्लिकेसन सुविधा रहेको बैंकले जनाएको छ। बैंकका अनुसार डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गर्नुका पाँच लाखसम्मको निःशुल्क दुर्घटना बिमा लगायतका सुविधाहरु पनि रहेका छन्। यस बचत खातामा ग्राहकले ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्नेेछन्।

यो खाता खोल्नेले आफूलाई पायक पर्ने सिद्धार्थ बैंकको शाखाहरु तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा समेतसम्पर्क राख्न सक्ने बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.