गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद निष्काशनको प्रबन्धक नियुक्त


गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले बोनश शेयर जारी भए पश्चात हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ बरारब १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ।

आज गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय तीनकुने काठमाडौंमा भएको एक समारोहमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहाल र निष्काशन प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडको तर्फबाट निष्काशन प्रबन्धकका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.