हज यात्रुहरुलाई प्रभु बैंकको डलर र साउदी रियाल सटही सुविधा


मुस्लिम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा हजयात्राका लागि जाने १ हजार २५० जनालाई प्रभु बैंकले डलर तथा साउदी रियाल सटही सुविधा दिने भएको छ।

प्रति हजयात्री १ हजार ७०० अमेरीकी डलर वा सो बराबरको साउदी रियाल सटही सुविधा उपलब्ध गराउन थालिएको बैंकले जनाएको छ।

बैंकका अनुसार साउन २५ गतेदेखि १० दिनसम्म काठमाडौंको घण्टाघरस्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीले प्राप्त गर्न सक्नेछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.