नेप्से ६ अंकले झर्‍यो, कारोबार अर्ब पुगेन


नेप्से परिसूचक बुधबार ६ अंकले झरेको छ। कारोबार खुल्दाखेरी बढेको नेप्से परिसूचक आधा घण्टा पनि टिक्न सकेन। साढे ११ बजेदेखि अन्तिम समयसम्म नेप्से निरन्तर ओर्लियो। आजको कारोबारपछि १६६१ अंकमा नेप्से अडेको छ।

यस दिन १५९ कम्पनीहरुको ९१ करोड ६२ लाखको सेयर खरिदबिक्री भएको छ। होटल र बिमाबाहेक सबै समूह रातो अंकमा रहे। ति समूहको वृद्धिदर पनि न्यून रह्यो।

होटल १ र बिमा समूह ८ अंकले हरियो रहेका छन्। विकास बैंक र जलविद्युत १२, बैंकिङ ६, फाइनान्स ३, उत्पादन २५ र अन्य समूह १ अंकले घटेका छन्।

कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ। सो कम्पनीको ३ करोड ९५ लाखको कारोबार हुँदा दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाखको कारोबार भयो।

समग्र नेप्से घटे पनि तिनाउ विकास बैंक र रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत बढी मूल्य कमाए। लक्ष्मी भ्यालु फण्डको मूल्य १० प्रतिशतले घटेको छ। जनरल फाइनान्स र छ्याङ्दी हाइड्रोको मूल्य ८ प्रतिशत बढीले घटेको छ।

विकास बैंक समूहको सबैभन्दा धेरै २३ करोडको सेयर खरिदबिक्री भएको छ। यसैबीच मेरो माइक्रोफाइनान्सले लगानीकर्तालाई ३० प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले नेप्सेको वेबसाइटमार्फत सो सूचना सार्वजनिक गरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.