स्ट्याण्डर्ड चार्टर्ड नेपाल ‘एसियाको उत्कृष्ट रोजगारदाता ब्रान्ड’


स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल एसियाको उत्कृष्ट रोजगारदाता ब्रन्डा बनेको छ। इम्प्लोयर ब्रान्डिङ संस्था र वल्र्ड एचआरडी कंग्रेसले दिने ‘एसिया बेस्ट इम्प्लोयर ब्रान्ड २०१७’ बाट बैंक पुरस्कृत भएको हो।

इतिहास र व्यवस्थापनमा स्नात्तकोत्तर गरेका, ८ वर्षभन्दा बढी अनुसन्धानको अनुभव हासिल गरेका एशियाका स्वतन्त्र प्रोफेसनल व्यक्तिहरुको एक समुहले प्रत्येक राष्ट्रमा उत्कृष्ट रोजगारदाताका सम्बन्धमा बेग्ला बेग्लै अनुसन्धान गरी उक्त अध्ययन उपर निर्णायक मण्डलका वरिष्ठ नेताहरु, अनुसन्धानकर्ताहरु र विज्ञहरुले निर्णय गरेका थिए ।

विजेताहरुको छनौट मानव संसाधनमा ती संसथाहरुले अपनाएका रणनीतिक योजना, त्यो योजनाको कार्यान्वयन, व्यवसायिकरण र संस्थाको सुदृढ भविष्यका लागि अपनाइएका नीतिहरु सहितको समग्र दूरदृष्टिलाई आधार बनाइएको थियो ।

स्ट्याण्डर्ड चार्टर्डले यस वर्ष पहिले नै युरोमनीबाट ‘युरोमनी एक्सीलेन्स २०१७’ र ग्लोबल फाइनान्सबाट ‘बेस्ट डिजिटल बैंक अवार्ड २०१७’ प्राप्त गरिसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.