सेयर बजारमा कारोबार बढ्यो, नेप्से घट्यो


सेयर बजारमा बिहीबार १ अर्ब १३ करोडको सेयर किनबेच भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा यो ८ करोडले बढी हो। आज कुल १६३ कम्पनीहरुको कारोबार भएको छ। बजारको पुँजीकरण १९ खर्ब ४३ अर्ब कायम भएको छ।

समग्र कारोबार बढे पनि नेप्से परिसूचक भने २ अंकले घटेको छ। सो अंक घटेसँगै १६६० अंकमा कायम भएको छ। यस दिन बैंकिङ, फाइनान्स र अन्य समूह हरियो रहे भने अरु सबै रातो अंकमा रहे। बैंकिङ ०.८९, फाइनान्स १२.९ र अन्य १.४ अंकले बढे।

बिमा ४५ अंकले घटेको छ। उत्पादन १७, विकास बैंक १३, होटल १० र जलविद्युत ११ अंकले ओर्लिए। मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।

सो कम्पनीको १० करोडको कारोबार भयो। मूल्य प्रतिकित्ता ९४५ कायम भएको छ। ग्रामिण विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक पनि कारोबारमा अगाडि रहे।

नेसनल माइक्रोफाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ र कुबेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। जनरल फाइनान्स, गण्डकी विकास बैंकका लगानीकर्ताले १० प्रतिशत मूल्य चुकाए। यस दिन वाणिज्य बैंक समूहको ३३, बीमाको १९ र विकास बैंक समूहको ४२ करोडको सेयर खरिदबिक्री भएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.