राष्ट्र बैंकमा थन्कियो १ खर्ब ९३ अर्ब सरकारी निक्षेप, ८ अर्बको नोट मौज्दात


नेपाल राष्ट्र बैंकमा १ खर्ब ९३ अर्ब ७५ करोड सरकारी निक्षेप थन्किएको छ। पर्याप्त मात्रामा सरकारी रकम खर्च हुन नसक्दा ठूलो रकम राष्ट्र बैंकमा थन्किएको हो।

बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको वासलातअनुसार ८ अर्ब ८ करोड रुपैयाँ बराबरको नोटहरु मौज्दात रहेको छ। त्यस्तै बजारमा ४ खर्ब २२ अर्बको नोटहरु परिचालनमा रहेको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्रा १७ अर्ब ६० करोडको रहेको राष्ट्र बैंकले जनाएको छ। २ खर्ब ७९ अर्ब रुपैयाँको विदेशी सेक्युरिटीमा लगानी रहेको छ। वाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट ६ अर्ब ९ करोड रुपैयाँ कर्जा तथा सापटीवापत प्रयोग गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.