एनआइसी एसियाका निक्षेप ग्राहक संख्या साढे ५ लाख

'सय रुपैयाँ लगानी गर्नेले ३ हजार ४९० कमाए'


एनआइसी एसिया बैंकका निक्षेप ग्राहक संख्या साढे ५ लाख पुगेको छ। कर्जा ग्राहक संख्या २५ हजार भन्दा बढी रहेको बैंकले जनाएको छ।

आफ्नो सेवाको १९ वर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा बैंकले उक्त जानकारी गराएको हो।कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष जगदिश प्रसाद अग्रवालले कुल १९ कर्मचारी, १ शाखा र करिब ८ करोड चुक्तापुँजीबाट बैंकको उदय भएको जानकारी दिए।

गुणस्तरीय सेवा प्रदान गरे बापत आइएसओ ९००१, २००८ सर्टिफाइड भई बैंक अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त बैंक अफ द इयर २००७ र २०१३ बाट सम्मानित रहेको अग्रवालले उल्लेख गरे।

हाल बैंकले १२५ भन्दा बढी शाखा तथा एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको उनले बताए। डिजिटल बैंकिङ सेवा लिने सेवाग्राही संख्या २ लाख ५० हजार नाघेको उनले बताए। बैंक स्थापना कालमा १ सयको १ साधारण शेयरमा लगानीगर्ने शेयर धनीले हाल ३ हजार ४९० कमाएको अग्रवालको भनाइ छ।

बैंकले डिजिटल बैंकिङ अन्र्तगत ‘क्यासलेस’ यात्रामा उल्लेख्य आधार तय गरेको उनले बताए। कार्यक्रममा बोल्दै बैंक ब्राण्ड एम्बेस्डर मनिषा कोइरालाले बैंकले ग्राहकमैत्री तथा राष्ट्रको वित्तीय क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरिन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकले ३ बर्ष अगाडि नै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको जानकारी दिए। साथै, वहाँले सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३ सय र एटिएम संख्या १ हजार पुर्याइने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.