नेपाल लाइफको उपशाखा झापाको गौरादहमा स्थापना


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको गौरादहमा उपशाखा कार्यालय स्थापना गरेको छ। जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मकसेवा उपलब्ध गराउने उदेश्यले उपशाखा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको र चालु आ.व. भित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले बताए।

कम्पनीले गत आ.व.२०७३÷०७४ मा कुल बिमाशुल्क आम्दानी करिब १२ अर्ब, जीवन बीमा कोष करिब ४० अर्ब तथा कुल लगानी करिब ४७ अर्ब भन्दा बढी रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.