साउने सोमबारमा सानिमा बैंकको उपहार


सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिदंै आएको छ। सानिमा बंैकको मुख्य कार्यालय नक्साल तथा ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिएको बैंकले जानकारी दिएको छ।

साउन महिनाभर चल्ने यो योजनामा प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक एक रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरि सामाजिक कार्यमा ख र्च गर्ने बैंकको योजना रहेको छ।

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुनेगरी ब्याज उपलब्ध गराउँदै आएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.