एनएमबि बैंकले संचालन गर्‍यो एनएमबि एकेडेमी


एनएमबि बैंकले नयाँ आर्थिक वर्षको सुरुआतसँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्रका रुपमा ‘एनएमबि एकेडेमी’ संचालनमा ल्याएको छ।

यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको बैंकले जनाएको छ।

एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।

‘एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ’  उदघाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.