यस्तो छ कतार, दुबई, साउदी र मलेसियाको मुद्रा बिनिमयदर


खुम्चिएको कतारी मुद्राको मूल्य केही बढेको छ। गत शनिबार कतारी रियाल १ बराबर बिक्रीदर मूल्य २७ रुपैयाँ ८५ पैसा तथा खरिददर २७ रुपैयाँ ६९ पैसा रहेकोमा आज बढेर बिक्रीदर २८ रुपैयाँ ९ पैसा तथा खरिददर २७ रुपैयाँ ९३ पैसा कायम भएको छ।

दुबईको दिरामको मूल्य भने यो साता घटेको छ। गत शनिबार बिक्रीदर २८ रुपैयाँ १७ पैसा तथा खरिददर २८ रुपैयाँ १ पैसा रहेकोमा आज बिक्रीदर २८ रुपैयाँ ११ पैसा तथा खरिददर २७ रुपैयाँ ९३ पैसा कायम भएको छ।

साउदी अरबको रियालको भाउ सामान्य घटेको छ। गत शनिबार बिक्रीदर २७ रुपैयाँ ५९ पैसा रहेकोमा आज २७ रुपैयाँ ५३ पैसामा झरेको छ।
मलेसियन रिंगेटको मूल्य भने साताभर स्थिरजस्तै रह्यो। गत शनिबार यसको बिक्रीदर २४ रुपैयाँ ११ पैसा रहेकोमा आज २४ रुपैयाँ १० पैसा कायम भएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.