आन्तरिक राजश्व कार्यालयको राजस्व संकलन अब ग्लोबल आइएमईबाट


ग्लोबल आइएमई बैंकले आजदेखि ४ वटा आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुरको राजश्व संकलन सेवा सुरु गरेको छ।

ति स्थानमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरी राजस्व संकलन सुरु गरिएको बैंकले जनाएको छ।
यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु पोखरा, इटहरी र वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ।

बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय सतुङ्गल लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ।

देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ११२ शाखा, ११४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.