साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश दिने


साल्ट ट्रेडिङ कर्पोरेसनले आव २०७२।०७३ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ। २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति गरी सेवा पु¥याउँदै आएको बताए।

अघोषित नाकाबन्दीका बेला पनि ६ अर्व ८३ करोडको कारोवार गर्न सफल भएको उनले बताए। उक्त आ.व.को कारोवारबाट कुल  ६१ करोड २४ लाख नाफा आर्जन गर्न सकेको उनले बताए। अघिल्लो वर्ष २०७१।०७२ मा उक्त मुनाफा  ५६ करोड ९ लाख थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको मन्दी, देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्याउँदै अगाडि बढेको मानन्धरले उल्लेख गरे।

कर्पोरेशनले यस वर्षको सुरुको ११ महिना अर्थात जेठसम्म ७ अर्ब ५६ करोड ४८ लाखको कारोवार गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५ अर्ब ६९ करोड ४४ लाखको कारोबार भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.