सेयर कारोबार खस्कियो, नेप्सेमा २ अंकको वृद्धि


सेयर बजारमा बुधबार ६४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। अघिल्लो दिन ९९ करोडको कारोबार भएकोमा यस दिन कारोबार रकम खस्किएको छ। कारोबार खस्किए पनि परिसूचक नेप्से २ दशमलव ५५ अंकले बढेको छ। बजारको पुँजीकरण १८ खर्ब ६२ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ ३, विकास बैंक ७ र बिमा २७ अंकले उक्लिए। होटल ९, जलविद्युत ६, फाइनान्स १३ र अन्य समूह ०. ५ अंकले घटेका छन्।
कारोबारका आधारमा सोल्टी होटल अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ६३ लाखको सेयर किनबेच भयो।

मुक्तिनाथ विकास बैंकको संस्थापक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक कारोबार रकमका आधारमा अगाडि देखिए।  फरवार्ड माइक्रोफाइनान्स, अरुण फाइनान्स, कर्णाली विकास बैंक र कुबेर मर्चेन्ट बैंकिङको मूल्य साढे ९ प्रतिशत बढीले बढेको छ।

सिनर्जी फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशत मूल्य गुमाए।

डिप्रोक्स र भार्गव विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ। नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.