ग्लोबल आइएमई र रिलायबल डेभलपमेन्ट बैंक मर्ज

ग्लोबल आइएमई र रिलायबल डेभलपमेन्ट बैंक मर्ज


ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल डेभलपमेन्ट बैंक लिमिटेड मर्ज भएका छन्।

अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको समुद्घाटन गरे । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको छ।

उक्त बैंकको ८ अर्व निक्षेप, ७ अर्व कर्जा तथा १ अर्व १ करोड चुक्ता पूँजी रहेको थियो । ग्लोवल आई एम ई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ती नितिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई सफलता पुर्बक मर्जर र प्राप्ती गर्ने एक अग्रणी स्थानको वाणिज्य बैक भएको छ ।

अब ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ भने कुल निक्षेप ९७.७० अर्व, कर्जा लगानी ८२ अर्व, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुगेको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.