सेञ्चुरी बैंकले थप्यो शाखा रहित बैकिङ्ग सेवा


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले असार १९ गतेबाट सर्लाहीको कबिलासी – ९ बाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

भोजपुर, कैलाली, मोरंङ, खोटाङ्ग, रौतहट, कंचनपुर, बर्दिया र धनकुटा जिल्लाको विभिन्न १४ स्थानबाट शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको बैंकको यो १५ औं शाखारहित सेवा केन्द्र हो। हाल ५३ वटा शाखा, ३४ वटा एटिएम, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.