लुम्बिनी विकास बैंकको एकिकृत कारोबार सुरु


भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी एकआपसमा गाभिएर बनेको लुम्बिनी विकास बैंक लिको आजबाट एकिकृत कारोबार सुरु भएको छ। लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय कायम रहने भएको बैंकले जनाएको छ।

६ जना सदस्यको रहेको संचालक समितिको अध्यक्ष सुशिलराज पराजुली रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत भिबोरका सोसाइटीका झलक प्रसाद खनाल रहने भएका छन्।

                                                                                                                                                                                                     लुम्बिनी विकास बैंकको लोगो

लुम्बिनी विकास बैंकको तत्काल चुक्ता पूँजी २ अर्ब ८८ लाख पुगेको छ भने ३६ करोड ३० लाख पूँजी समायोजन जगेडा कोषमा रहेको छ । मर्ज सम्पन्न भए लगत्तै चुक्ता पूँजीको १०% का दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पु¥याइने बैंकले जानकारी दिएको छ। बैंकको कुल निक्षेप १७ अर्ब, कर्जा १५ अरव ५८ करोड पुगेको छ। गाभिएपश्चात बैंकका देशभर ४९ वटा शाखा तथा १२ वटा एटिएम रहेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.