एनआइसी एसिया बैंकद्वारा वृक्षारोपण


एनआइसी एसिया बैंकले आफ्ना शाखाहरुमार्फ १६ सय विरुवा रोपेको छ। बिराटनगर शाखाले वैजनाथपुर जिल्ला खेलकुद समितिको स्वामित्वमा रहेको परिसरमा, दमक शाखाले सताक्षीधाम परिसरमा र लम्की शाखाले लम्की बहुमुखी क्याम्पर परिसरमा वृक्षारोपण गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षारोपण गरेर हरियाली वातावरणीय सन्तुलनमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको बैंकले जनाएको छ।

यसै आर्थिक वर्ष ७ हजार विरुवा रोप्ने लक्ष्य लिइएको बैंकले जनाएको छ। विभिन्न स्कुल, अस्पताल, उद्यान, खेलकुद मैदानजस्ता क्षेत्रमा बै.कले समुदायको सहकार्यमा वृक्षारोपण गर्दै आएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.