जापानको फुकुओकामा सीटी एक्सप्रेसको कार्यालय स्थापना


सीटी एक्स्प्रेस मनी ट्रान्सफरले जापानको फुकुओकामा आफ्नो सेवा विस्तार गरेको छ। फुकुओकामा नयाँ कार्यालयको स्थापना पश्चात त्यहाँ स्थित नेपालीले स्वदेश पैसा पठाउन थप सहज हुने कम्पनीको विश्वास छ।

एक्सप्रेस ग्रुपका अध्यक्ष महेशकुमार श्रेष्ठले गत शनिबार एक समारोहका बीच उक्त शाखा उद्घाटन गरेका थिए।

एक्सप्रेस हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ला रहने तथा शाखा सञ्चालनको अवसरमा यो महिनाभर पैसा पठाउँदा कुनै शूल्क नलिने समेत बताइएको छ।

त्यस्तै ग्रुपले त्यसै भवनमै सिटी ट्राभल्स एण्ड टुर्सले सञ्चालनमा ल्याएको छ जसबाट नेपाल जाने हवाई टिकट लिन सकिने छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.