एनआईसी एसिया बैंकको शाखा मुगुको गमगढिमा


एनआईसी एसिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका गमगढिमा संचालनमा आएको छ। एक समारोहका बीच शाखाको छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाही र मुगु उद्योग वाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयूक्त रुपमा उद्घाटन गरे।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेको छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.