दुई फाइनान्स गाभेको सिभिल बैंकको एकीकृत कारोबार


सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्सलाई गाभेर आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ। दुई वटा फाईनान्सलाई गाभेर एकीकृत कारोबार सुरुसँगै सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड पुगेको छ। निक्षेप ३४ अर्ब ९७ करोड र कूल कर्जा ३१ र्ब २२ करोड भएको छ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द्र गुरुङले उद्योग व्यवसायमा लगानी कर्ता थप सहज अवस्था सृजना भएको बताए। उनले एकीकृत कारोबार सुरु भएसँगै बैंकको व्यवसाय गर्ने क्षमतामा समेत वृद्धि भएको स्पष्ट पारे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.