एनआईसी एसिया बैंकको शाखा कैलालीको बौनियाँमा

एनआईसी एसिया बैंकको शाखा कैलालीको बौनियाँमा


एनआई सी एसिया बैंकको ९५ औं शाखा कैलालीस्थित बौनियाँमा संचालनमा आएको छ।

आइतबार नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका प्रमुख बिश्रुत थापाले उद्घाटन गरी सो शाखाको शुभारम्भ गरे। शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो। हाल यस बैंकको अधिराज्यभर ११३ शाखा कार्यालयहरु संचालनमा रहेका छन्।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारिएको बैंकले जनाएको छ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.