सेयर बजारमा २२ अंकको गिरावट

सेयर बजारमा २२ अंकको गिरावट


साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ। यस दिन २१ दशमलव ९९ अंकले नेप्से भरेर १५ सय ४१ अंकमा कायम भएको छ। अन्य र होटल समूह झिनो अंकमा हरियो रहे पनि अरु सबै घटेका छन्। यस दिन जम्मा ५६ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भयो।

बैंकिङ २२, विकास बैंक ३०, जलविद्युत २५, बिमा १२९ र उत्पादन समूह २० अंकले ओर्लिए। फाइनान्स समूहको गिरावट ६ अंकमा थामियो। अन्य समूह २ अंकले बढ्दा होटल समूहको बृद्धिदर एक अंकमुनि रह्यो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा अग्रस्थानमा रह्यो। कम्पनीको मूल्यमा उल्लेख्य कमी आउँदा खरिदकर्ताहरु सो कम्पनीमा आकर्षित देखिए। जसले गर्दा उसको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। स्टान्डर्ड चार्टड, हिमालयन जनरल इन्स्योरेन्स, नेपाल टेलिकम पनि कारोबारका आधारमा अगाडि देखिए।

समग्र बजार घट्दा पनि पोखरा फाइनान्सको मूल्य भने १० प्रतिशतले बढेको छ। कम्पनीले एफपिओ निश्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाएकाले उसको सेयरमा आकर्षण बढेको हो ।

हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४ प्रतिशत मूल्य कमाए। हकप्रदपछि समायोजित मूल्य सस्तो हुँदा कम्पनीको मूल्य पनि ४ प्रतिशतले बढ्यो। एभरेष्ट बैंक संस्थापकतर्फको मूल्य ९ प्रतिशतले घटेको छ।

कन्काइ र सप्तकोसी विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्सको मूल्य ७ प्रतिशत बढीले घटेको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.