समस्याग्रस्त विकास बैंक तथा फाइनान्समा अझै २ अर्ब ३७ करोड निक्षेप जोखिममा


समस्याग्रस्त विकास बैंक तथा फाइनान्स कम्पनीमा सर्वसाधारणको अझै २ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ निक्षेप जोखिममा देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार ९ वटा संस्थामा व्यक्तिगततर्फको ४० करोड ८८ लाख ९९ हजार र संस्थागत निक्षेप १ अर्ब ३० करोड ४९ लाख रुपैयाँ रकम ति बैंक तथा फाइनान्समा जोखिममा छ। समयावधि पुरा भएको र फिर्ता दिनुपर्ने मुद्दति खाताको कुल ६६ करोड २७ लाख रुपैयाँ रकम जोखिममा छ।

ति कम्पनीहरुले समस्याग्रस्त घोषणा हुनुअघि कुल १० अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। एनसिएम मर्चेन्ट बैंकिङ, क्रिस्टल फाइनान्स, कुबेर मर्चेन्ट, क्यापिटल मर्चेन्ट, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नारायणी विकास बैंक, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्स समस्याग्रस्त संस्था हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.