बाँडफाँड भयो छ्याङ्दी हाइड्रोको आइपिओ


छ्याङ्दी हाइड्रोको आइपिओ शनिबार एक कार्यक्रमका बीच बाँडफाँड गरिएको छ। ५ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।

बाँडफाँडअनुसार ७१० युनिट र सोभन्दा भन्दा तल अर्थात ७१ हजारभन्दा थोरै रकमको आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर दिइएको छ। ७२० देखि ८१० कित्तासम्म माग गर्ने सबैले  १० कित्ता पाएका छन्। सोभन्दा माथिको आवेदन दिनेलाई १ दशमलव २५ प्रतिशतले सेयर वितरण गरिएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

माग गरिएकोभन्दा ७४ गुणा बढी रकमको आवेदन परेको थियो। कुल ३२ हजार ८ सय २४ जनाले सेयर पाएका छन्। ९१ हजार ६ सय ९७ जनाले सेयर माग गरेका थिए। म्युचुअल फण्ड तथा कर्मचारीका लागि ३७ हजार ८ सय कित्ता सेयर छुट्याइएको छ।

कम्पनीले लमजुङको छ्याङदीखोलामा २ मेगावाटको आयोजना सम्पन्न गरेर प्रसारण लाइनमा जोडेको छ भने ४ मेगावाटको अपर छ्याङ्दी आयोजना बनाउँदैछ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.