बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा बन्द भएको हो।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार २ अर्ब ८० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २९ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३७ वटा धितोपत्रको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
यसदिन युनियन हाइड्रोपावरको मूल्य सर्वाधिक ९.७९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५२७ रूपैयाँ पुगेको छ।
यस्तै, क्रेस्ट माइक्रो लाइफको मूल्य ९.२२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार २०८ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा एसियन हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ९.८९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१० रूपैयाँमा झरेको छ
यसैगरी, हिमालयन रिइन्स्योरेन्सको मूल्य ७.१२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२८ रूपैयाँ ९० पौसमा सीमित भएको छ।
बिहीबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ६२८ रूपैयाँ ९० पैसामा ३७ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको ६६७ रूपैयाँमा १८ करोड ७७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको छ।