विजय लघुवित्तको एफपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४६ हजार ६८१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
बाँकी रहेको ७ कित्ता सेयर सोही लगानीकर्ताहरूमा बाँडफाँट गरिएको छ। जसअनुसार ७ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
यसममा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ९६ हजार ३४ जनाको आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म उक्त एफपिओ बिक्री गरेको थियो।
लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्कासन गरेको थियो।
कम्पनीले संस्थापक सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व ७०:३० कायम गर्न एफपिओ निष्कासन गरेको हो।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपछि ७४ करोड ५० लाख ४० हजार ३५९ रूपैयाँ चुक्ता पुककजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९:२५.६१ रहेकोमा सोही अनुपात मिलाउन लघुवित्तले एफपिओ निष्कासन गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।