आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३ विन्दुमा आइपुगेको छ।
गत बिहीबार २५ सय मुनि आएको नेप्से परिसूचक आइतबार बजार बन्द हुने समयमा यो बिन्दुमा आएको हो।
आइतबार पनि नेप्से पटक पटक २५ सय विन्दुबाट तल ओर्लिएको भएपनि अन्त्यमा भने बढेको हो। बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन।
बिहीबार तीन अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार दुई अर्ब ७९ करोड रूपैयाँ पुगेको छ।
केही दिनदेखि कारोबार रकम तीन अर्बकै आसपासमा थियाे अहिले भने घट्दै जान थालेको छ। यसअघि दैनिक पाँच अर्बदेखि १२ अर्ब रूपैयाँसम्म कारोबार भइरहेको थियो।
आइतबार तीन सय २३ लगानी उपकरण कारोबारमा आउँदा दुई सय २३ वटाको मूल्य बढेको छ। ९९ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
कारोबारमा आएकामध्ये विकास बैंक, सामूहिक लगानी कोष र निर्जीवन बीमा कम्पनी बोहक सबै समूह बढेका छन्। यी दुवै समूहगत परिसूचक ०.५ प्रतिशतभन्दा पनि कम दरमा बढेका छन्।
आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको ६ हजार सात सय १० रूपैयाँमा अन्तिम कारोबार भएको हो।
नेपाल पुनर्बीमा र हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको हो। नेपाल पुनर्बीमाको २८ करोड रूपैयाँ र हिमालयन डिष्टिलरीको २५ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
हिमालयन डिष्टिलरीले २० प्रतिशत बोनस सेयरसहित २५ प्रतिशत लाभांश प्रस्ताव गरेपछि कारोबार बढेको हो। नेपाल पुनर्बीमाको भने केही समयअघि देखि नै कारोबार बढिरहेको छ।