स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शुक्रबार बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिले १९ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ।
अघिल्लो पटक बैंकले ६.५ प्रतिशत बोनस सेयर सहित कुल २५.५ प्रतिशत लाभांश दिएको थियो।
हाल बैंकको सेयर ६ सय १३ रूपैयाँमा किनबेच भइरहेको छ।