दरमखोला हाइड्रो इनर्जी कम्पनीले आज (बिहीबार) बाट सर्वसाधारण लगानीकर्तामा आइपिओ जारी गर्ने गरेको छ।
कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँको दरमा २४ लाख २३ हजार एक सय ८५ कित्ता आइपिओ जारी गरेको हो।
कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ।
सेयर बिक्री खुला साउन १९ गतेसम्म हुनेछ। सो समयमा पनि सेयर बिक्री नभए साउन २९ सम्म आवेदन खुला हुनेछ।
यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरूका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर सुरक्षित गरेको छ।
९.६ मेगावाटको यस आयोजनामा बाढीको कारण क्षति भएपछि व्यवसायिक उत्पादन मिति थप्न ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ।
यसअघि ७.३ मेगावाटलाई २०७९ माघ ११ र थप २.३ मेगावाटको लागि २०८० असारको समयावधि दिइएको थियो।
२०८० साउनमा आएको बाढीको कारण कम्पनीको व्यवसायिक उत्पादन मिति सार्न लागिएको छ।
अब विद्युत उत्पादन लागत दुई अर्ब ३८ करोड रूपैयाँ पुग्ने अनुमान गरिएको छ।
कम्पनीको प्रतियुनिट लागत २५ करोड रूपैयाँ रहेको छ। कम्पनीले अहिले आयोजना निर्माण ९९.५ प्रतिशत सम्पन्न भएको आवहान पत्रमा उल्लेख गरेको छ।
कम्पनीले साधारण लगानी फिर्ता हुने अवधि ९ वर्षभन्दा केही बढी हुन सक्ने उल्लेख गरेको छ। गत चैतसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रूपैयाँ ३९ रूपैयाँ छ।
कम्पनीले साधारण लगानी फिर्ता हुने अवधि ९ वर्षभन्दा केही बढी हुन सक्ने उल्लेख गरेको छ।