मंगलबार नेप्सेमा करेक्सन आएको छ।
लगातार दुई दिन ८४.६८ अंकले बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको हो।
यस दिन नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
सोमबार ११ अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ८५ करोडको किनबेच भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ४६ करोड रूपैयाँ कमी भएको हो।
आज ३१२ वटा धितोपत्रको एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
गुराँस लघुवित्त र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, गुडविल फाइनान्सको मूल्य सर्वाधिक ९.३६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४४ रूपैयाँ ५० पैसामा झरेको छ।
आखुँखोला जलविद्युतको मूल्य ४.९१ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य २१२ रूपैयाँ ९० पैसा कायम भएको छ।
मंगलबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४४ रूपैयाँ ५० पैसामा २९ करोड २८ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बेस्ट फाइनान्सरहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४५ रूपैयाँ ६० पैसामा २९ करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० वटाको घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशतले घटेको छ।