एनएमबी बैंक र फोनपेको सहकार्यमा मनकामना बजार पूरै डिजिटल बनाउने अभियान सुरू भएको छ।
विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले उक्त अभियान सुरू भएकाे बैंकले बताएकाे छ।
शुक्रबार क्युआरमार्फत मन्दिरमा भेटी दान गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाद्वारा सो अभियानको सुरूवात भएको हो।
मनकामना मन्दिर परिसरमा पूजा सामाग्री, फलफूल, रेस्टुरेन्ट लगायत अरू व्यवासयको भुक्तानी साथै मन्दिरमा भेटी दान समेत अब विद्युतीय माध्यमबाट नै गर्न सकिने बताइएको छ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।