एनआइसी एसिया क्यापिटलले आइडिया टु आइपिओ सेवा सञ्चालन गरिरहेको छ। कुनै पनि क्षेत्रका कम्पनीहरुलाई स्थापनादेखि सेयर जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ।
सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेडलाई आइपिओ जारी गर्ने चरणमा पुर्याएको एनआइसी एसिया क्यापिटलले उल्लेख गरेको छ।
यस कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा समेत एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ। कुनै पनि कम्पनीलाई तत्काल आइपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा यसको लागि पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने कागजात सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिँदै आएको छ।