सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार पाल्पाका कार्कीलाई यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि नेप्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
कार्कीले पनि नियुक्तिको जानकारी आफूलाई प्राप्त भएको बताए। उनले शेयर बजारलाई व्यवस्थित बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने उल्लेख गरे।
तत्कालीन सिइओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि विगत ६ महिनादेखि नेप्सेको प्रमुख पद खाली रहँदै आएको थियो।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट समितिले कुल ११ आवेदकहरुबाट ५ जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरी ती पाँचमध्येबाट पनि रमेश भण्डारी, केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको मन्त्रिपरिषदमा पठाएको थियो। भण्डारी र श्रेष्ठलाई पछि पार्दै स्थायी घर भएक कार्कीले सीईओ बनेका हुन्।
कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख छन्। पाल्पाका कार्कीले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। उनी उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् ।