सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय आइतबारदेखि ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवालाई ध्यानमा राखेर गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको हो।
यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्क्त गरिएको छ।
कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजीअवालले संयुक्त रुपमा गरे।
सो समारोहमा श्यामकाजीअवाले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन्।