महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मिति २०७८ असोज २२ गते बसेको सञ्चालक समितिको ३५औं बैठकले आ. व. २०७७/७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी १० करोडको ४५ प्रतिशत अर्थात ४ करोड ५० लाख बराबरको बोनस शेयर तथा ५ प्रतिशत अर्थात ५० लाख बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ।
प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य शेयरधनीले सो लाभांशमा दाबी गर्न पाउनेछन्।
लघुवित्तले शेयरधनीलाई पहिलो पटक नै आकर्षक लाभांश वितरण गरेको हो । चार वर्षअघि स्थापित कम्पनीले गत माघमा सर्वसाधारणमा ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।