नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले रेमिट्यान्स मुद्दती खातामा वार्षिक १०.५१ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेको छ।
सो ब्याज मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ। असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गरेपछि बैंकले १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिनेछ।
साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ।
यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख सम्मको दुर्घटना बीमा, ३ लाख बराबरको घातक रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान हुने बैंकले जनाएको छ।
सानिमा बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा लगइन गरी अनलाईन खाता पनि खोल्न सकिने बैंकले जनाएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा एटिएम संचालनमा छन्।