मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ।
कुल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्री गरेको हो भने संस्थापक सेयर ७ लाख कित्ता छ।
कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँसम्मको सीमा पाएको छ। यहीं बीचमा भोलि पहिलो कारोबार हुनेछ। यस लघुवित्तलाई कारोबार संकेत ‘एमएलबिएस’ दिइएको छ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ।
केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।