माछापुच्छ्रे बैंक लिमिटेडको मिति २०७८/०६/०६ गते बसेको सञ्चालक समितिले गत आर्थिक वर्ष (२०७७/७८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।
उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको हो।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो।
बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।
माछापुच्छ्रे बैंकले सातै प्रदेशमा १६२ वटा शाखा र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानबाट १० लाख भन्दाबढी ग्राहकमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ। साथै बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा छन्।