बैंकहरुमा लगानीयोग्य रकमको अभाव र कतिपयलाई नगद कोष व्यवस्थापनमा समेत समस्या भएपछि राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ पठाउने भएको छ।
रिपोमार्फत ७ दिने अवधिका लागि राष्ट्र बैंकले सो रकम पठाउने छ। क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु बोलकबोलमा सहभागी हुन सक्नेछन्।
उच्च ब्याजदर कबोलका आधारमा राष्ट्र बैंकले सो रकम बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्दछ।
यसअघि भदौ ३१ गते २० अर्ब रुपैयाँ पठाउन खोज्दा ५३ अर्ब ७० करोड रुपैयाँको आवेदन परेको थियो। यसको ब्याजदर ४.८ देखि ४.९ सम्म कायम भएको थियो।