दसैंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि बम्पर योजना सार्वजनिक गरेको छ।
असोज १ गतेदेखि लागू भएको यस योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५१ प्रतिशतका दरले मासिक रुपमा ब्याज प्रदान गरिने छ।
साथै खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको छ।
यसका साथै बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रुपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रुपैयाँ बराबरको बहिरंग उपचार खर्च र ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकलाई प्रदान गरिनेछ।
सानिमा बैंकको वेबसाइटमा लगइन गरी अनलाइनबाटै खाता पनि खोल्न सकिन्छ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम सञ्चालनमा छन्।