मुक्तिनाथ विकास बैंकले मिति आजदेखि लागू हुने गरी व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदर बृद्धि गरेको छ।
बैंकले व्यक्तिगत मुद्धतीमा तीन महिनाका लागि १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको हो।
बैंकले तीन महिने संस्थागत मुद्दतीमा पनि ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने बताएको छ।
यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट पनि निःशुल्क रकम निकाल्न सकिन्छ।
त्यस्तै अनलाइन कर्जा आवेदन, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ खाता मै रेमिट्यान्स जम्मा लगायत सेवा घर बसेरै लिन सक्ने व्यवस्था गरेको छ।